नियम ६९
पुनर्स्थापना केन्द्र स्थापना गर्न सक्ने
(१) कुनै संस्थाले पुनर्स्थापना केन्द्र स्थापना गर्न चाहेमा अनुसूची-१ बमोजिमको ढाँचामा सोही अनुसूचीमा उल्लिखित कागजात संलग्न गरी परिषद्मा निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पुनर्स्थापना केन्द्र स्थापना गर्न चाहने संस्थाले देहाय बमोजिमको योग्यता पूरा गरेको हुनु पर्नेछ: ५
(क) प्रचलित कानून बमोजिम नाफारहित सामाजिक संस्थाको रुपमा दर्ता भएको,
(ख) संस्थाको विधानमा पुनर्स्थापना केन्द्र सञ्चालन गर्ने उद्देश्य भएको, (ग) परिषद्ले तोके बमोजिमको कम्तीमा बीस जना बालबालिकालाई सेवा प्रदान गर्न सक्ने बालमैत्री भौतिक पूर्वाधार तथा संरचना भएको,
(घ) पुनर्स्थापना केन्द्र सञ्चालनका लागि न्यूनतम तीन वर्षको आर्थिक श्रोतको सुनिश्चितता भएको,
(ङ) पुनर्स्थापना केन्द्रमा सेवा दिनका लागि परिषद्ले तोके बमोजिमको जनशक्ति भएको,
(च) ऐनको दफा ५७ बमोजिमको बाल संरक्षण मापदण्ड भएको ।
(३) उपनियम (२) बमोजिम पुनर्स्थापना केन्द्र स्थापना गर्न चाहने संस्थाको सञ्चालकले नियम ५९ को उपनियम (२) को खण्ड (घ) मा उल्लिखित योग्यता पूरा गरेको हुनु पर्नेछ ।
(४) उपनियम (१) बमोजिम निवेदनसाथ संलग्न कागजात तथा विवरण जाँच गर्दा उपयुक्त देखेमा ऐनको दफा ७१ को उपदफा (२) बमोजिम नेपाल सरकारको स्वीकृतिको लागि परिषद्ले मन्त्रालयमा सिफारिस गर्नेछ ।
(५) उपनियम (४) बमोजिमको सिफारिस उपयुक्त देखिएमा मन्त्रालयले नेपाल सरकारसमक्ष पुनर्स्थापना केन्द्र स्थापना गर्ने स्वीकृतिको प्रस्ताव पेश गर्नेछ ।
(६) उपनियम (५) बमोजिम पेश भएको प्रस्तावको आधारमा नेपाल सरकारले स्वीकृति दिएमा परिषद्ले अनुसूची-६ बमोजिमको ढाँचामा पुनर्स्थापना केन्द्र स्थापना गरी सञ्चालन गर्ने अनुमतिको प्रमाणपत्र प्रदान गर्नेछ ।
(७) पुनर्स्थापना केन्द्र स्थापना गरी संञ्चालन गर्न अनुमति प्राप्त संस्थाले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र नवीकरण गराउनु पर्नेछ ।
(८) पुनर्स्थापना केन्द्र स्थापना गरी सञ्चालन गर्न अनुमतिप्राप्त संस्थाले नवीकरणका लागि अनुसूची-७ बमोजिमको ढाँचामा सोही अनुसूचीमा उल्लिखित: कागजात संलग्न गरी परिषद्मा निवेदन दिनु पर्नेछ ।
(९) उपनियम (८) बमोजिम. प्राप्त निवेदनको जाँच गरी परिषद्ले सञ्चालन अनुमति नवीकरण गर्नेछ।